Company registration, corporate compliance, financial statements and tax filing for entrepreneurs and companies across Nepal. Clear advice, fair fees, and every deadline met.नेपालभरका उद्यमी तथा कम्पनीहरूका लागि कम्पनी दर्ता, संस्थागत अनुपालन, वित्तीय विवरण तथा कर विवरण दाखिला। स्पष्ट सल्लाह, उचित शुल्क र समयमै काम।
तपाईंको व्यवसाय, हाम्रो जिम्मेवारी।
Practical, end-to-end support for individuals, startups and established companies, from day one to every annual filing.व्यक्ति, नयाँ व्यवसाय र स्थापित कम्पनीहरूका लागि दर्तादेखि हरेक वार्षिक दाखिलासम्म पूर्ण सहयोग।
We prepare the documents, decisions and online applications for every change in your company, and follow up until it's approved.कम्पनीमा हुने हरेक परिवर्तनका लागि आवश्यक कागजात, निर्णय र अनलाइन निवेदन हामी तयार गर्छौं र स्वीकृत नहुँदासम्म फलोअप गर्छौं।
Removing a company from the register under Section 136(1) of the Companies Act.कम्पनी ऐनको दफा १३६ (१) बमोजिम कम्पनीको दर्ता खारेजी।
Closing a company voluntarily through liquidation under Section 126.दफा १२६ बमोजिम कम्पनीको स्वेच्छिक खारेजी प्रक्रिया।
Special deregistration of companies under Section 136A, where applicable.लागू हुने अवस्थामा दफा १३६क बमोजिम विशेष दर्ता खारेजी।
Enter the AGM date for each fiscal year and the date you will submit. We calculate the fine year by year and section by section under Section 81 of the Companies Act 2063.हरेक आर्थिक वर्षको साधारण सभा मिति र विवरण बुझाउने मिति राख्नुहोस्। कम्पनी ऐन २०६३ को दफा ८१ बमोजिम वर्षगत र दफागत जरिबाना गणना हुन्छ।
How it works: due date = AGM date + the days set for each section. If no AGM date is entered, the AGM is assumed at the last day (end of Poush) of the 6-month AGM deadline. Fines under Sec. 81(2): (a) up to 3 months late, plus (b) the next 3 months, plus (c) the next 6 months, plus (d) for each year or part of a year after that. Rates: paid-up capital up to Rs. 25 lakh – 1,000 / 1,500 / 2,500 / 5,000 per year; up to Rs. 1 crore – 2,000 / 3,000 / 5,000 / 10,000; above Rs. 1 crore – 5,000 / 7,000 / 10,000 / 20,000. Not-for-profit companies pay the up-to-1-crore rates (Sec. 81(3)). Other details under Sec. 81(6): Rs. 200 per month after the first month, up to Rs. 1,000 per fiscal year. The fine is charged to directors or responsible officers. The 90% waiver under Sec. 81(7) applied only to filings by Ashadh end 2082. This is an estimate, not legal advice; please check section due dates for your company.गणना विधि: म्याद = साधारण सभा मिति + सम्बन्धित दफाका लागि राखिएको दिन। सभा मिति नराखेमा सभा गर्नुपर्ने अन्तिम दिन (पुस मसान्त) मानिएको छ। दफा ८१(२): (क) ३ महिनासम्म, (ख) थप ३ महिना, (ग) थप ६ महिना, (घ) त्यसपछि प्रत्येक वर्ष वा वर्षको अंश — सबै जोडिन्छ। दर: २५ लाखसम्म – १,०००/१,५००/२,५००/५,००० प्रति वर्ष; १ करोडसम्म – २,०००/३,०००/५,०००/१०,०००; १ करोडभन्दा बढी – ५,०००/७,०००/१०,०००/२०,०००। मुनाफा वितरण नगर्ने कम्पनीलाई १ करोडसम्मको दर (दफा ८१(३))। दफा ८१(६): १ महिनापछि प्रति महिना रु. २००, एक आर्थिक वर्षमा बढीमा रु. १,०००। जरिबाना सञ्चालक वा जिम्मेवार पदाधिकारीलाई लाग्छ। दफा ८१(७) को ९०% छुट २०८२ असार मसान्तसम्म मात्र थियो। यो अनुमान मात्र हो; आफ्नो कम्पनीका दफागत म्याद जाँच गर्नुहोस्।
Good advice is not just about filing forms. It's about helping you make better business decisions.राम्रो सल्लाह भनेको फारम भर्नु मात्र होइन, तपाईंलाई व्यवसायमा सही निर्णय लिन सघाउनु हो।
R.G. Business And Legal Advisory Pvt. Ltd.
We help businesses across Nepal stay on the right side of company, tax and commercial laws. Instead of juggling separate consultants for company work, accounts and tax, you get one team that understands your whole business.हामी नेपालभरका व्यवसायलाई कम्पनी, कर तथा वाणिज्य कानुनको पालनामा सहयोग गर्छौं। कम्पनी, लेखा र करका लागि छुट्टाछुट्टै परामर्शदाता खोज्नु पर्दैन, तपाईंको पूरै व्यवसाय बुझ्ने एउटै टिम।
One-stop serviceएकै ठाउँमा सेवाCompany work, financial statements and compliance handled together, with one point of contact.कम्पनी कार्य, वित्तीय विवरण र अनुपालन एकै ठाउँबाट, एउटै सम्पर्क व्यक्ति।
Deadline-drivenम्यादमा केन्द्रितWe track your filing dates and remind you early, so you never pay late fees or penalties.हामी तपाईंका म्याद ट्र्याक गर्छौं र पहिल्यै सम्झाउँछौं, ताकि ढिलाइ शुल्क वा जरिवाना तिर्नु नपरोस्।
Transparent feesपारदर्शी शुल्कA clear quote agreed before any work begins. No surprises.काम सुरु गर्नुअघि नै स्पष्ट शुल्क तय। कुनै लुकेको खर्च छैन।
Plain-language adviceसरल भाषामा सल्लाहWe explain the law in simple terms, in English or Nepali.कानुनलाई नेपाली वा अंग्रेजीमा सरल रूपमा बुझाउँछौं।
Key deadlines under Nepal's tax, company, industry and labour laws. Choose a law to filter. We track these for every client.नेपालका कर, कम्पनी, उद्योग तथा श्रम कानुनअन्तर्गतका मुख्य म्यादहरू। कानुन छानेर हेर्नुहोस्। हामी हरेक ग्राहकका लागि यी ट्र्याक गर्छौं।
Deposit tax deducted at source and file the TDS return within 25 days after month-end (Sec. 90).स्रोतमा कट्टी गरिएको कर र विवरण महिना सकिएको २५ दिनभित्र (दफा ९०)।
Pay 40% of estimated annual tax by end of Poush (Sec. 94).अनुमानित वार्षिक करको ४०% पुस मसान्तभित्र (दफा ९४)।
Submit the statement of estimated income for the year by end of Poush (Sec. 95).चालु वर्षको अनुमानित आय विवरण पुस मसान्तभित्र (दफा ९५)।
Cumulative 70% of estimated annual tax by end of Chaitra (Sec. 94).चैत मसान्तभित्र कुल ७०% (दफा ९४)।
100% of estimated tax by the end of the fiscal year (Sec. 94).आर्थिक वर्षको अन्त्यसम्म १००% (दफा ९४)।
Within three months of fiscal year-end; extension of up to three months on application (Sec. 96).आर्थिक वर्ष सकिएको तीन महिनाभित्र; निवेदन दिएमा बढीमा तीन महिना म्याद थप (दफा ९६)।
File the VAT return and pay tax within 25 days after the end of each tax period.हरेक कर अवधि सकिएको २५ दिनभित्र भ्याट विवरण र कर दाखिला।
Register before starting taxable transactions once turnover is expected to cross the threshold, or for businesses where VAT is compulsory.कारोबार सीमा नाघ्ने भएमा वा अनिवार्य दर्ता गर्नुपर्ने व्यवसायले कारोबार सुरु गर्नुअघि नै दर्ता।
Issue tax invoices for every sale and keep purchase, sales and VAT accounts up to date.हरेक बिक्रीमा कर बीजक जारी गर्ने र खरिद, बिक्री तथा भ्याट खाता अद्यावधिक राख्ने।
Licensed producers and importers file the excise return and pay duty within 25 days after month-end.इजाजतपत्रप्राप्त उत्पादक/आयातकर्ताले महिना सकिएको २५ दिनभित्र अन्तःशुल्क विवरण र रकम दाखिला।
Renew the excise licence every fiscal year. Late renewal attracts additional fees.हरेक आर्थिक वर्ष इजाजतपत्र नवीकरण। ढिला भए थप दस्तुर लाग्छ।
Declare every import and export consignment with invoice, packing list and PAN/VAT details for clearance.हरेक पैठारी/निकासीमा बीजक, प्याकिङ सूची र प्यान/भ्याट विवरणसहित प्रज्ञापनपत्र।
Hold the AGM within six months after the end of the fiscal year.आर्थिक वर्ष सकिएको छ महिनाभित्र वार्षिक साधारण सभा।
Submit the annual return, financial statements and AGM details to the Office of the Company Registrar within 30 days of the AGM.साधारण सभा भएको ३० दिनभित्र वार्षिक विवरण, वित्तीय विवरण र सभाको जानकारी कम्पनी रजिस्ट्रारको कार्यालयमा।
Inform the OCR and update records whenever directors, shareholding, address or documents change.सञ्चालक, शेयर स्वामित्व, ठेगाना वा कागजात परिवर्तन हुँदा कम्पनी रजिस्ट्रारलाई जानकारी र अभिलेख अद्यावधिक।
Renew the firm registration every fiscal year at the registering office. Late renewal attracts penalty fees.हरेक आर्थिक वर्ष दर्ता गर्ने कार्यालयमा फर्म नवीकरण। ढिला भए जरिवाना लाग्छ।
Submit the industry's annual details (production, employment, investment) to the registering body each year.उद्योगको उत्पादन, रोजगारी र लगानीसहितको वार्षिक विवरण दर्ता गर्ने निकायमा हरेक वर्ष।
Get approval or give notice for changes in capacity, capital, location, ownership or objectives.क्षमता, पूँजी, स्थान, स्वामित्व वा उद्देश्य परिवर्तनमा स्वीकृति/सूचना।
Deposit employer and employee contributions to the Social Security Fund within 15 days after month-end.रोजगारदाता र श्रमिकको योगदान महिना सकिएको १५ दिनभित्र सामाजिक सुरक्षा कोषमा।
Distribute bonus to employees within eight months after the end of the fiscal year.आर्थिक वर्ष सकिएको आठ महिनाभित्र कामदारलाई बोनस वितरण।
General guide only. Deadlines and thresholds can change with each year's Finance Act and related rules. Contact us to confirm what applies to you.सामान्य जानकारी मात्र। हरेक वर्षको आर्थिक ऐन तथा नियमावलीअनुसार म्याद र सीमा फेरिन सक्छ। तपाईंलाई लागू हुने कुरा पुष्टि गर्न सम्पर्क गर्नुहोस्।
Tell us what you need, by email, phone or in person.इमेल, फोन वा भेटेर आफ्नो आवश्यकता बताउनुहोस्।
A fixed scope, document checklist and fee. No hidden costs.कामको दायरा, कागजात सूची र शुल्क। कुनै लुकेको खर्च छैन।
We prepare, file and follow up with OCR, IRD and other offices.कम्पनी रजिस्ट्रार, आन्तरिक राजस्व लगायत कार्यालयमा तयारी, दाखिला र फलोअप।
Reminders before every deadline, all year round.वर्षभरि हरेक म्यादअघि सम्झना।
Usually citizenship copies and photos of the shareholders and directors, the proposed company names, registered office address, share structure and objectives. We prepare the MOA, AOA and all forms for you and handle the OCR process.सामान्यतया शेयरधनी तथा सञ्चालकको नागरिकता प्रतिलिपि र फोटो, प्रस्तावित कम्पनीको नाम, रजिस्टर्ड कार्यालयको ठेगाना, शेयर संरचना र उद्देश्य। प्रबन्धपत्र, नियमावली र सबै फारम हामी तयार गरी कम्पनी रजिस्ट्रारको कार्यालयको प्रक्रिया पूरा गर्छौं।
Yes. We prepare the board and general meeting decisions, the amended documents and the online application to the Office of the Company Registrar, and follow up until it's approved.गर्छौं। सञ्चालक समिति तथा साधारण सभाका निर्णय, संशोधित कागजात र कम्पनी रजिस्ट्रारको कार्यालयमा अनलाइन निवेदन तयार गरी स्वीकृत नहुँदासम्म फलोअप गर्छौं।
Depending on your situation, a company can be removed under Section 136(1), liquidated voluntarily under Section 126, or use special deregistration under Section 136A where available. We'll advise which route fits and handle the full process.अवस्था हेरी दफा १३६ (१) बमोजिम दर्ता खारेजी, दफा १२६ बमोजिम स्वेच्छिक खारेजी, वा लागू भएमा दफा १३६क बमोजिम विशेष दर्ता खारेजी गर्न सकिन्छ। कुन बाटो उपयुक्त हुन्छ भनी सल्लाह दिई पूरा प्रक्रिया हामी गर्छौं।
Contact us as soon as possible. Interest and fees usually keep growing until the return is filed, so acting quickly reduces the cost. We'll file the pending returns and help you respond to any IRD notice.सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्। विवरण नबुझाउँदासम्म ब्याज र शुल्क बढ्दै जान्छ। बाँकी विवरण दाखिला र आन्तरिक राजस्व कार्यालयको पत्रको जवाफमा हामी सहयोग गर्छौं।
Fees depend on the size and type of work. Get in touch for a free consultation and we'll give you a clear, written quote before starting.शुल्क कामको प्रकृति र आकारमा भर पर्छ। निःशुल्क परामर्शका लागि सम्पर्क गर्नुहोस्, काम सुरु गर्नुअघि नै लिखित शुल्क दिनेछौं।
Talk to us today. The first consultation is free.आजै कुरा गर्नुहोस्। पहिलो परामर्श निःशुल्क।
Send us a message and we'll get back to you within one working day.सन्देश पठाउनुहोस्, हामी एक कार्यदिनभित्र जवाफ दिनेछौं।
Sunday – Friday, 10:00 AM – 5:00 PMआइतबार – शुक्रबार, बिहान १०:०० – बेलुका ५:००
rgbusinessadvisory.com.np